मुल्लांपुर: गुजरात टाइटन्सले आईपीएल २०२६-को फाइनलमा स्थान बनायो। शुक्रवार खेलिएको क्वालीफायर-२ म्याचमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गऱ्यो। गुजरात टाइटन्सले अब आइतवार खेलिने फाइनलमा गत विजेता रोयल च्यालेञ्जर्स बेंगलुरुको चुनौती स्वीकार्नेछ। फाइनल म्याच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै राजस्थान रोयल्सले २० ओभरमा ६ विकेट गुमाएर २१४ रनको मजबूत स्कोर बनायो। जवाफमा गुजरातले १८.४ ओभरमै ३ विकेटमा २१९ रन बनाएर म्याच जित्यो। गुजरातको यस जीतमा नायक रहने कप्तान शुभमन गिलले यादगार शतक बनाए। उनले ५३ बल खेलेर १५ वटा चौका र ३ वटा छक्का लगाए। यसबाहेक उनका ओपनिंग जोड़ीदार साई सुदर्शनले ३२ बलमा ५८ रन बनाए, जसमा ८ वटा चौका र एउटा छक्का सामेल छ। गिल र सुदर्शनले पहिलो विकेटको निम्ति १२.५ ओभरमा १६७ रनको पार्टनरशीप गरी टीमको जीत सुनिश्चित गरे। जोस बटलर ९ र राहुल तेवतिया १७ रनमा अविजित रहे जबकि वाशिंगटन सुन्दरले १६ रनको योगदान दिए। यसअघि राजस्थान रोयल्सको ईनिंग्समा फेरि एकपल्ट १५ वर्षीय वैभव सूर्यवंशीको जयजयकार रह्यो। उनले ४७ बलमा ८ वटा चौका र ७ वटा छक्काको सहायताले ९६ रन बनाए। यसबाहेक रविन्द्र जडेजा ४५ रनमा अविजित रहे। पहिला ब्याटिंग गर्दै राजस्थानको शुरुवात खराब रह्यो अनि ९ रनमै २ विकेटको पतन भइसकेको थियो। यशस्वी जयसवाल १ र ध्रुव जुरेल ७ रन बनाएर आउट भए। त्यसपछि सूर्यवंशीले परिपक्वताको साथ ब्याटिंग गर्दै टीमको स्कोर अघि बढ़ाए। कप्तान रियान परागले ११ रनको योगदान दिए। अन्तमा डोनोवन परेराले ११ बलमा अविजित ३८ रनको विध्वंशी ईनिंग्स खेलेर टीमलाई विशाल स्कोरसम्म पुऱ्याए। परेराले ४ वटा छक्का र २ वटा चौका लगाए।











