हामी विश्वस्त छौं, दार्जिलिङ पहाड, तराई र डुवर्सका जनताको हितमा थप प्रभावकारी कार्यहरू अगाडि बढ्नेछन्: सोनाम लामा
खरसाङ: आज दार्जीलिङका सांसद राजु विष्टको नेतृत्वमा पहाडका तीनजना विधायकहरू तथा एनडीए गठबन्धन दलका नेताहरूको प्रतिनिधि मण्डलले पश्चिम बंगालका मुख्यमन्त्री सुवेन्दु अधिकारीसँग शिष्टाचार भेटघाट गरेको जानकारी खरसाङका विधायक सोनाम लामाले बताएका छन्। उनले आज एक भिडियो जारी गर्दै
उक्त भेटघाटमा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरी लगायतका नेताहरूको उपस्थिति रहेको बताए। यस
भेटका क्रममा दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रसँग सम्बन्धित विभिन्न जनसरोकारका विषयहरू, विकासका सम्भावनाहरू तथा क्षेत्रका दीर्घकालीन समस्या र चुनौतीहरूबारे विस्तृत छलफल गरिएको पनि उनले जानकारी गराएका छन्। यसको साथै क्षेत्रको समग्र विकास, जनताको आकांक्षा तथा विभिन्न महत्त्वपूर्ण मुद्दाहरूको समाधानका लागि राज्यका मुख्यमन्त्रीको मार्गदर्शन र सहयोगको अपेक्षा व्यक्त गरिएको जानकारी गराएका छन्। खरसाङका विधायक सोनाम लामाले एक भिडियो जारी गर्दै भने, हामी विश्वस्त छौं कि केन्द्र र राज्य सरकारबीचको समन्वय तथा सकरात्मक सहकार्यबाट दार्जिलिङ पहाड, तराई र डुवर्सका जनताको हितमा थप प्रभावकारी कार्यहरू अगाडि बढ्नेछन्।’









