राजनीतिक पार्टीका चार जना नेता पक्राउ, दादागिरी गरेको आरोप

20230723_233942.jpg

सिलगढी: दादागिरी देखाएर ट्याक्स लिएको आरोपमा मतिगढा थाना पुलिसले एउटा राजनीतिक पार्टीको चारजना नेतालाई पक्राउ गरेको छ।पक्राउपछि तिनीहरुलाई आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले सौरभ सरकार, गौरव बनिक, बबलु बर्मन र कृष्णा पोदार सामेल छन्। यी चारजनालाई पुलिसले गत राति शिव मन्दिर इलाकाबाट पक्राउ गरेको हो। प्राप्त जानकारी अनुसार केही दिन अघि मतिगढाका एकजना व्यवसायी अनुपम सोनारलाई तथाकथित एउटा राजनीतिक पार्टीका चारजना नेताले २१ जुलाईको कार्यक्रमको लागि दादागिरी देखाउँदै ट्याक्सको रूपमा ६ लाख रुपियाँको माग गरेको आरोप रहेको छ। यसपछि यी चारजनाले सो व्यवसायीसित शिवमन्दिरको एउटा रेस्टोरेन्टमा बैठक गरेर अढाई लाख रुपियाँ तय गर्यो। सो व्यवसायीले गत १३ जुलाईमा तिनीहरूलाई दादागिरी ट्याक्सको रूपमा १ लाख रुपियाँ दिएको बताइएको छ। यसपछि यी ४ जना नेताले पुजा अगावै पहिला डेढ लाख रुपियाँ दिनुपर्ने भन्दै व्यवसायीमाथि दवाउ दिनको साथै धम्की समेत दिन थालेको आरोप रहेको छ। सो व्यवसायीले गत २१ जुलाईमा मतिगढा थानामा ती चार जना विरुद्ध लिखित अभियोग दर्ता गरेपछि पुलिस अभियोगको आधारमा गत राति शिव मन्दिर इलाकाबाट तिनीहरूलाई पक्राउ गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement