भाजपामा सामेल हुने क्रम जारी

IMG-20230723-WA0417.jpg

छ माईल बजार: पहाडमा भारतीय जनता पार्टीको भ्रष्टाचार मुक्त अभियानमा जोडिने क्रम जारी रहेको छ। पंचायत चुनाव फलाफलको लगत्तै पश्चात तकदाह ग्लेनबर्न मण्डल अधिनस्थ छ माईल फरेस्ट बस्तीवासी बिभिन्न दलहरुबाट तीस परिवारले भारतीय जनता पार्टीको झण्डा ग्रहण गरेको छ। छ माईल बजारको सार्वजनिक भवनमा वयोवृद्ध व्यक्ति पेम्बा छिरिङको अध्यक्षतामा बसेको सभामा राज्य समिति सदस्य संजीव लामा अनि मण्डल अध्यक्ष सुख हाङ सुब्बाद्वयको बाहुलीबाट खदामाला अनि दलिय झण्डा प्रदान गरी पार्टीमा स्वागत जनाइयो।यस सभामै २४/७२ बुथ समिति गठन गरियो भने क्षेत्रका बिगत पंचायत चुनाव उम्मेदवार हरुलाई सम्बर्द्धना जनाउने कार्य पनि सम्पन्न भयो।

About Author

Advertisement