राजनीतिक दलका प्रतिनिधिहरूलाई लिएर दोस्रो चरणको सभा सम्पन्न

IMG-20240307-WA0142.jpg

गेजिङ: आगामी दिनमा सम्पन् हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई ध्यानमा राख्दै गेजिङ जिल्लाका जिल्लापाल एम भरानी कुमारले गेजिङ जिल्लाका राजनैतिक पार्टीका प्रतिनिधिहरूलाई लिएर दोस्रो चरणको समन्वय सभा आयोजना गरे। राब्देञ्चीको जिल्ला प्रशासनिक केन्द्रमा आयोजित सभामा सबै राजनैतिक दलका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। यस अवसरमा गेजिङ जिल्लाका पुलिस अधिक्षक जे. जयापान्डिया लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। विशेष गरेर उक्त सभामा एसकेएम पार्टी, एसडीएफ, बीजेपी, सिटिजन एक्सन पार्टी र सिक्किम प्रदेश कंग्रेस पार्टीका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। यस सभा आयोजना गरिनुको मुख्य उद्देश्य भारतीय निर्वाचन आयोगको दिशानिर्देश अनुसार मतदाता नामावली अद्यावधिकको वर्तमान स्थितिबारे राजनीतिक दलहरूलाई जानकारी गराउनु रहेको थियो।

About Author

Advertisement