प्रधानमन्त्रीले ५३ वटा परियोजनाको उद्घाटन गरे, सिक्किमको पनि दुईवटा सामेल

IMG-20240307-WA0139.jpg

गान्तोक: देशका प्रधानमन्त्री नरेन्द्र मोदीले आज भर्चुअलरूपमा देशका विभिन्न स्थानहरूमा निर्मित ५३ वटा केन्द्रिय परियोजनाहरूको उद्घाटन गरेका छन्। प्रधानमन्त्रीले ६,४०० करोडको लागतमा निर्माण गरिएका ५३ वटा परियोजना मध्ये दुई वटा सिक्किमको पनि रहेको छ। यसमा स्वदेश दर्शन २.० र तीर्थयात्रा पुनरूत्थान साथै आध्यात्मिक संवर्धन अन्तर्गत नाम्लीमा गान्तोक सांस्कृतिक गाउँ र गेजिङमा ईको वेलनेस एक्सपीरिन्स योक्सम सामेल छन्।

गान्तोकदेखि १३ किलोमिटर टाडा अवस्थित नाम्ली सांस्कृतिक गाउँ ४.५ ऐकर जमिनमा निर्माण गरिने छ, जहॉं सिक्किमका विविध समुदायहरूका सांस्कृतिक झुपडीहरू, जैविक हाट, फ्लोरा काल्पनिक क्षेत्र, जेन गार्डन, नदीको किनारमा पैदल मार्ग, र बच्चाहरूको खेल क्षेत्र निर्माण गरिनेछ।

यसैगरी, योक्समको ईको वेलनेस एक्सपीरिन्समा गाउँको प्रवेशद्वारको सौन्दर्यीकरण, बजार सडक सुधार, कला र अन्तरदृष्टि केन्द्र, काथोक तालको सौन्दर्यीकरण, हिमालयन कल्याण केन्द्र र कञ्चनजोङ्गा राष्ट्रिय निकुञ्ज ट्रेक गेटवे समावेश छ। दुवै परियोजनाहरू समग्र पर्यटन अनुभव वृद्धि गर्न र सिक्किमको स्थानीय संस्कृति, इतिहास र परम्परालाई प्रवर्द्धन गर्न डिजाइन गरिएको बताइएको छ।

About Author

Advertisement