राजगञ्जमा तृणमूल प्रार्थीको निर्विरोध जीत

cb90a086-9caf-4ca4-83a4-51ef48419fd1-1024x576.jpg

राजगञ्ज: राजगञ्जको सुखानी अञ्चलको बाबुपाडा १ नम्बर बुथमा तृणमूल प्रार्थी पूर्णिमा देवनाथले निर्विरोध जीत हासिल गरेकी छन्। आज राजगञ्ज बजारको १ नम्बर बुथका तृणमूल कार्यकर्ता तथा समर्थकहरूले एउटा विजय जुलूस निकाले। ब्यान्ड बाजा बजाएर अबीर खेल्दै कार्यकर्ताहरूले जीतको हर्ष मनाए। पूर्णिमा देवनाथले निर्विरोध जीत हासिल गरेकोमा बाबुपाडाका मानिसहरूलाई धन्यवाद दिइन्। तिनका लोग्ने विश्वजीत देवनाथले बताए अनुसार ममता ब्यानर्जीको विकासमूलक कार्य तथा इलाकाका मानिसहरूको अधिक समर्थन देखेर विपक्षी पार्टीले नामाङ्कन पत्र बुझाएनन्। निर्विरोध विजयी भएकोमा तिनले सबैलाई धन्यवाद दिए।

About Author

Advertisement