राघव चड्ढाद्वारा ‘आप’ परित्याग र अन्ना हजारेको प्रतिक्रिया

photocollage_2026425172039409

​नयाँ दिल्ली: ​भारतीय राजनीतिमा आम आदमी पार्टी (आप) भित्रको आन्तरिक कलहले यतिबेला ठूलो हलचल पैदा गरेको छ। पार्टीका प्रभावशाली नेता एवं राज्यसभा सदस्य राघव चड्ढाले पार्टीको साथ छोडेर भारतीय जनता पार्टी (भाजपा) को बाटो रोजेपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। ‘आप’ ले चड्ढालाई पार्टीले सबै अवसर र सम्मान दिएको दाबी गर्दै उनी भाजपाको शरणमा पुगेको आरोप लगाएको छ। अर्कातर्फ, चड्ढाले आफू घाइते भएका कारण अझ घातक बनेको भन्दै पार्टीको नेतृत्वप्रति कडा जवाफी हमला गर्नुभएको छ। यो दलबदलले राज्यसभामा पार्टीको शक्ति सन्तुलनलाई समेत प्रभावित पार्ने देखिएको छ।
​यसै सन्दर्भमा वरिष्ठ सामाजिक अभियन्ता अन्ना हजारेले पनि आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ। महाराष्ट्रको अहिल्यानगरमा बोल्दै हजारेले यदि पार्टी सही दिशा र सिद्धान्तमा चलेको भए राघव चड्ढा जस्ता नेताहरूले पार्टी छोडेर जानु नपर्ने तर्क गर्नुभयो। उहाँले कुनै पनि नेताले पार्टी छोड्नुको पछाडि गम्भीर कारण हुने उल्लेख गर्दै यसलाई नेतृत्वको असफलताका रूपमा चित्रण गर्नुभयो। सन् २०१२ मा आफ्नै भ्रष्टाचार विरोधी आन्दोलनको जगमा उभिएको पार्टीमा अहिले देखिएको यो विचलनलाई हजारेले दुर्भाग्यपूर्ण भन्नुभएको छ। चड्ढासँगै अन्य केही सदस्यहरूले पनि पार्टी छोड्ने संकेत देखाएपछि ‘आप’ का लागि यो समय निकै चुनौतीपूर्ण बनेको छ।

About Author

Advertisement