रलोङ गुम्बामा ग्यालत्सब रिम्पोछेको जन्मोत्सव, मुख्यमन्त्रीको तर्फबाट डेढ करोड सहयोग

n7103063371777405207199b60c4915309213d0c5c655a772011258dba38cde760152d41206277e42c9f31d

नाम्ची: दक्षिण सिक्किमको रलोङस्थित देन्सा पाल्छेन छोलिङ गुम्पामा आज गोश्री ग्यालत्सब रिम्पोछेको जन्मोत्सव समारोह भव्य रूपमा आयोजना गरियो। सो शुभ अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङको प्रतिनिधित्व गर्दै उनकी धर्मपत्नी सारदा तामाङ र धर्म विभागका मन्त्री सोनाम लामा सहभागी भएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको औपचारिक कार्यक्रममा व्यस्त रहनुपरेका कारण मुख्यमन्त्री तामाङ समारोहमा उपस्थित हुन सकेनन्।
​समारोहका क्रममा गुम्पाको विकास र संरक्षणमा पुर्‍याएको अटल एवं उदार सहयोगको कदर गर्दै गुम्पा प्रशासनको तर्फबाट मुख्यमन्त्री तामाङलाई अभिनन्दन गरिएको थियो। मुख्यमन्त्रीको तर्फबाट उनकी धर्मपत्नी सारदा तामाङले रिम्पोछेको बाहुलीबाट सो अभिनन्दन ग्रहण गरिन्।
​सोही अवसरमा रलोङस्थित पाल्छेन छोलिङ गुम्पामा नयाँ गुम्पा विद्यालय (मोनास्टिक स्कुल) र सभाभवन निर्माणका लागि ग्यालत्सब्पा त्रिदाना च्यारिटेबल ट्रस्टलाई आर्थिक सहयोग स्वरूप १ करोड ५० लाख रुपैयाँ बराबरको दुईवटा चेक हस्तान्तरण गरियो। कार्यक्रममा क्षेत्र विधायक रिसल दोर्जी भोटिया, विधायक आदित्य गोले, प्रभाकर गोलेलगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement