रम्फूमा आजदेखि शुरू भयो रञ्जी ट्रफी प्रतियोगिता

IMG-20240202-WA0259.jpg

रम्फू: रम्फूको माइनिङस्थित सिक्किम क्रिकेट एसोसिएशनको खेल मैदानमा आज रञ्जी ट्रफी अन्तर्गत सिक्किम क्रिकेट एसोसिएशन अनि मेघालय क्रिकेट एसोसिएशनमाझ क्रिकेट खेल सम्पन्न भयो।

निलेश लामीछानेले सिक्किम टोलीलाई नेतृत्व गरेका छन् भने किसान ल्याण्डोले मेघालय टोलीलाई नेतृत्व गरेका छन्।

यो खेलमा मन्त्री विष्णु कुमार खतिवड़ा, गान्तोक नगरनिगमका उपमेयर छिरिङ पाल्देन भोटिया लगायत सीकाका पदाधिकारीहरूले उपस्थिति दिएर खेलाड़ीहरूलाई उत्साह दिएका छन्। रञ्जी ट्रफी अन्तर्गतको खेल सिक्किममा आयोजन गर्न पाएकोमा सिक्किम क्रिकेट एसोसिएशनका अध्यक्ष टीका सुब्बाले खुशी व्यक्त गरेका छन्।

सिक्किममा अहिले क्रिकेट खेललाई नयाँ रुप दिनको निम्ति प्रत्येक जिल्लामा केटा-केटी दुवैको जिल्ला प्रशासनको सहयोगमा प्रशिक्षण केन्द्रहरूको स्थापना पनि भइरहेका जानकारी गराएका छन्। भविष्यमा यी प्रशिक्षण केन्द्रहरूबाट सिक्किम साथै देशलाई नै क्रिकेट खेलमा प्रतिनिधित्व गर्दै राम्रो खेलाड़ीहरूको जन्म हुने कुरामा पनि उनले विश्वास व्यक्त गरेका छन्।

यसको साथै उनले ती प्रशिक्षण केन्द्रहरूमा प्रशिक्षण लिइरहेका बालक-बालिकाका अभिभावकहरूप्रति नानीहरूलाई खेलप्रति प्रोत्साहित गरेकोमा आभार व्यक्त गरेका छन्। यी नानीहरूले अवश्य पनि भोलिको दिनमा क्रिकेट खेलमा छाप छोड़्ने कुरामा आशा व्यक्त गरेका छन्।

About Author

Advertisement