न्यायसँग सम्बन्धित विधेयक सबैको सहमतिबाट पास गर्नुपर्ने नेकपा एमालेका अध्यक्ष ओलीको भनाइ

IMG-20240202-WA0245.jpg

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबैको सहमतिबाट पास गर्नुपर्ने बताएका छन्। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्रीसँग समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने सन्दर्भमा चर्चा भएको बताए। उनले विधेयकलाई राम्रोसँग छिटो टुंग्याउने बारेमा प्रधानमन्त्रीसँग चर्चा भएको बताए। अध्यक्ष ओलीले भने, ‘शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने सन्दर्भमा अहिले विधेयकमा समितिमा चर्चा भइरहेको छ। अलिक त्यसलाई राम्रोसँग मिलाएर छिटै टुंग्याऔँ भन्ने छलफल भएको हो। टीआरसीको बारेमा एमालेको अडान यथावत छ। राम्रो बनाएर सहमतिले पास गरे हुन्छ।’ अध्यक्ष ओलीले टीआरसीसँग सम्बन्धित विधेयकमा पीडितमैत्री विधेयक बन्नुपर्ने अडान एमालेको यथावत रहेको पनि बताए।

About Author

Advertisement