रङ्गमञ्चकी प्रख्यात कलाकार तिला रुपा सापकोटा प्रतिष्ठित ‘उस्ताद बिस्मिल्लाह खान युवा पुरस्कार’-का निम्ति चयन

FB_IMG_1781194721302

गान्ताेक: सिक्किमकी एउटी होनहार रङ्गमञ्च कलाकार तिला रुपा सापकोटालाई संगीत नाटक अकादमीले यो वर्षको प्रतिष्ठित ‘उस्ताद बिस्मिल्लाह खान युवा पुरस्कार’ दिने घोषणा गरेको छ। रङ्गमञ्च (थियेटर) को क्षेत्रमा उहाँले पुर्‍याउनु भएको ठुलो योगदान र अथक परिश्रमको कदर गर्दै अकादमीले उहाँलाई यो गौरवमय पुरस्कारका निम्ति चुनेको हो।
​गान्तोक निवासी तिला रुपा सापकोटा विगत १५ वर्षभन्दा बेसी समयदेखि क्लासिकल, समसामयिक (कन्टेम्परेरी) र साङ्गीतिक थियेटरमा लगातार सक्रिय रहँदै आउनु भएको छ। यो लामो यात्रामा उहाँले एउटा अब्बल दर्जाको अभिनेता, प्रर्फमर र थियेटर प्रोड्युसरको रूपमा आफ्नो बेग्लै र बलियो पहिचान बनाउनु भएको छ। उहाँको यो ठुलो उपलब्धिले गर्दा यतिबेला सम्पूर्ण सिक्किम अनि पहाडभरिका कलाप्रेमीहरूमाझ खुसीको लहर छाएको छ।

About Author

Advertisement