रक्तदान शिविर सम्पन्न

IMG_20220716_203023.jpg

सिलगढी: आज उत्सर्ग रक्तदान शिविर सिलगढी पुलिस र खालपाड़ा आउटपोस्टको संयुक्त आयोजनामा गरियो। यस रक्तदान शिविरमा पुलिस कमिश्नर गौरव शर्मा मुख्य अतिथिको रूपमा उपस्थित थिए। यस रक्तदानको अवसरमा डीसीपी जय टुडूले भने, मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशानुसार पुलिसले मानिसहरूको ज्यान बचाउनको लागि उत्सर्ग परियोजना अन्तर्गत सप्ताहमा प्रत्येक शनिबार रक्तदान शिविरको आयोजना गर्दै आइरहेको छ।यो गर्मीको याममा रगतको माग अझ धेरै हुने गर्छ। यस अभियान अन्तर्गत आफूहरू रगतको आपुर्ति कम गर्न लागिपरेका बताए। यसै अन्तर्गत आज सिलगढी थाना र खालपाड़ा आउटपोस्टको पहलमा रक्तदान शिविरको आयोजना गरिएको हो भनेर बताए। यस्तो शिविरमा मानिसहरुले रक्त दान गरेर कसैलाई जीवन दान दिने पनि बताए।

About Author

Advertisement