गोर्खाल्याण्ड एक्टिभिस्ट समूहकाे नयाँ दिल्लीमा सेमिनार

IMG_20220716_202810.jpg

दार्जिलिङ: आगामी ७ अगस्त २०२२ को दिन नयाँ दिल्लीमा एउटा सेमिनारको आयोजना गर्ने भएको छ। आज दार्जीलिङ प्रेस गिल्डमा एक पत्रकार सम्मेलन गरेर गोर्खाल्याण्ड एक्टिभिस्ट समूहका सदस्य बिन्दिया राईले यो विषयमा जानकारी गराएकी छन्। यस विषयमा तिनले बताएअनुसार, गोर्खाल्याण्ड एक्टिभिस्टको एक मात्र लक्ष्य छुट्टै राज्य गोर्खाल्याण्ड रहेको छ। उक्त सेमिनारमा विशेष गरेर अगोर्खाहरूलाई केन्द्र गरेर उक्त कार्यक्रममा वक्ता तथा श्रोताहरुको रूपमा धेरैजना अगोर्खाहरुलाई पनि निम्त्याइएको कुरा गोर्खाल्याण्ड एक्टिभिस्ट समूहका प्रवक्ता बिक्रम छेत्रीले पत्रकारहरूलाई जानकारी दिएका छन्।

About Author

Advertisement