कोलकाता: ‘सरसारी मुख्यमन्त्री’ कार्यक्रमको उद्घाटन आज नवनबाट मुख्यमन्त्रीले गरिन्। यसै क्रममा मुख्यमन्त्रीले ९१३७० ९१३७० नम्बर पनि जारी गरेका थिए। यस मार्फत जनताले आफ्ना समस्याहरू उहाँ समक्ष पुर्याउन सक्छन्। यसमा कल गर्ने समय बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म रहेको छ। यो कार्यक्रम मार्फत जनताले आफ्नो समस्या सीधै मुख्यमन्त्री समक्ष पुऱ्याउन सक्ने बताउनु भयो।









