यूएफा नेशन्स लीगः जर्मनी र ईंग्ल्याण्डबीच म्याच ड्र, इटलीको जीत

२७ सेप्टेम्बरः यूएफा नेशन्स लीग फूटबल प्रतियोगितामा इटलीले लगातार दोस्रो जीत हासिल गऱ्यो। यसबीच जर्मनी र ईंग्ल्याण्डबीच हाई भोल्टेज म्याच चाहिँ ड्र रह्यो। सोमवार राति खेलिएको ग्रुप सी-को म्याचमा इटलीले हंगेरीलाई २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड पुस्कस एरेना पार्कमा ५४ प्रतिशत पोजेशनको साथ खेले पनि हंगेरीले गोल गर्न सकेन। यसबीच इटलीले चाहिँ म्याचको दुवै हाफमा गोल गऱ्यो। इटलीबाट गिआकोमो रासपाडोरीले २७औं अनि फेडेरिको डिमार्कोले ५२औं मिनटमा गोल गरे। इटलीको यो छैटौं म्याचमा तेस्रो अनि लगातार दोस्रो जीत हो। यसरी नै हंगेरी चाहिँ लगातार दुईवटा जीतपछि हारको सम्मुखीन भयो। यसरी नै जर्मनी र ईंग्ल्याण्डबीच यसै ग्रुपको अन्य एउटा रोमाञ्चक म्याच चाहिँ ३-३-ले ड्र रह्यो। म्याचको ६ वटा गोल नै दोस्रो हाफको खेलमा दर्ता गरियो। म्याचमा एक समय जर्मनी २-०-ले अघि रहेको थियो तर ईंग्ल्याण्डले पनि असाधारण पुनरागमन गर्दै लगातार ३ गोलको साथ म्याचलाई रोमाञ्चक बनायो। अन्तमा काई हावेर्त्जले गोल गरी जर्मनीलाई निराशाजनक हारको सम्मुखीन हुनदेखि बचाए। म्याचमा जर्मनीबाट हावेर्त्जले ६७औं र ८७औं मिनटमा गोल गरे। यसरी नै इल्के गुण्डोगनले ५२औं मिनटमा पेनल्टीबाट गोल गरे। यसरी नै ईंग्ल्याण्डबाट ल्यूक श-ले ७१औं, मेसोन माउण्टले ७५औं र ह्यारी केनले ८३औं मिनट (पेनल्टी)- मा गोल गरे। यसरी ग्रुपमा इटली ६ वटा म्याचमा ११ पोइण्टको साथ शीर्ष स्थानमा रहन पुग्यो। त्यसपछि १० पोइण्टको साथ हंगेरी दोस्रो अनि ७ पोइण्टको साथ जर्मनी तेस्रो स्थानमा रहेको छ। ट्रफी जित्ने होड़बाट बाहिर हुने ईंग्ल्याण्डसँग केवल ३ पोइण्ट रहेको छ। ईंग्ल्याण्डले अहिलेसम्म एउटा म्याच पनि जितेको छैन।

यसबीच ग्रुप जी-मा फिनल्याण्डले दशजना खेलाड़ीमा सीमित मोण्टेनेग्रोलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट ओलिवर एण्टमेनले ४७औं र बेञ्जामिन कालमेनले ५३औं मिनटमा गोल गरे। म्याचमा मोण्टेनेग्रोका खेलाड़ी जार्को टोमासेविचलाई १७औं मिनटमा रातो कार्ड देखाइयो। यस ग्रुपको अन्य एउटा म्याचमा रोमानियाले बोस्निया एण्ड हर्जेगोविनालाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट जर्ज पुस्कसले २ गोल गरे। यस ग्रुपमा बोस्निया एण्ड हर्जेगोविना ६ वटा म्याचमा ११ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। यसरी नै दोस्रो स्थानमा रहने फिनल्याण्डसँग ८ पोइण्ट रहेको छ। सोमवार राति खेलिएको अन्य म्याचहरूमा एस्टोनियाले सान मारिनोलाई ४-०-ले, बुल्गेरियाले नर्थ मेसिडोनियालाई १-०–ले अनि जर्जियाले जिब्राल्टरलाई २-१-ले पराजित गऱ्यो।

About Author

Advertisement