युवा फूटबलरहरूका ट्रायल्स १ र २ अक्टोबरमा

२७ सेप्टेम्बरः फूटबल खेलमा करियर बनाउन चाहने युवा खेलाड़ीहरूका निम्ति सुनौलो मौका लिएर अघि आएको छ बीबीएफएस (भाइचुङ भूटिया फूटबल स्कूल) रेसिडेन्सियल एकाडमी। ड्रीम स्पोर्ट्स फाउण्डेशन र इण्डियन फूटबल फाउण्डेशनको साथमा बीबीएफएस-को शिलंग क्याम्पसको निम्ति फूटबल स्कलरशीप ट्रायल्सको आयोजन गरिनेछ। आउँदो १ र २ अक्टोबरको दिन सिलगढ़ीको दून हेरिटेज स्कूल (चम्पासरी, देवीडांगा नजिक)-मा हुने ट्रायल्समा २००९-देखि २०१०-बीच जन्मिएका युवा खेलाड़ीहरूले हिस्सा लिन सक्नेछन्। ट्रायल्समा आउँदा बर्थ सर्टिफिकेट र आधार कार्य अनिवार्य रूपले ल्याउनु पर्नेछ। ट्रायल्सको निम्ति रिपोर्टिंग टाइम बिहान ९ बजी तोकिएको छ।

About Author

Advertisement