म्यूनिख: यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा वर्तमान च्याम्पियन पेरिस सेण्ट जर्मेन (पीएसजी)-ले फाइनलमा स्थान बनायो। जर्मनीको क्लब बायर्न म्यूनिख र पीएसजी-बीच बुधवार अबेर राति खेलिएको सेमिफाइनल चरणको दोस्रो लेगको म्याच १-१-ले ड्र रह्यो तर यसअघि आफ्नो होम ग्राउण्डमा खेलिएको पहिलो लेगको म्याचमा ५-४-ले ऐतिहासिक जीत हासिल गरेको हुनाले समग्रमा ६-५-ले विजेता बनेर फ्रान्सीसी क्लब फाइनलमा पुग्यो। अब ३० मईमा बुडापेस्टमा खेलिने फाइनलमा पीएसजी-को भिड़न्त ईंंग्लिश प्रीमियर लीग आर्सनलसँ हुनेछ। आर्सनलले एट्लेटिको म्याड्रिडलाई समग्रमा २-१-ले पराजित गरी अगावै फाइनलमा स्थान बनाएको छ। आफ्नो होम ग्राउण्ड आलियाञ्ज एरेनामा ६२ प्रतिशत पोजेशनको साथ खेल्ने बायर्न म्यूनिखलाई शुरुमै झट्का लाग्यो। औस्माने डेम्बेले तेस्रो मिनटमै गोल गरी पीएसजीलाई बढ़त दिलाए। वर्तमान बालोन डी’ओर विजेता स्टार फरवर्डले खविचा ख्वारात्स्खेलियाको पासमा असाधारण फीनिशिंगको साथ पीएसजी-लाई म्याचमा १-० अनि समग्रमा ६-४-को बढ़त दिलाए। पहिलो लेगको हारपछि बायर्न म्यूनिखबाट आफ्नो होम ग्राउण्डमा असाधारण पुनरागमनको आशा गरिएको थियो तर टीमले पहिलो लेगमा जस्तो आक्रमण गर्न सकेन। माइकल ओलिसे, ह्यारी केन र जोशुआ किमिचले पहिलो हाफमा केही असल मौकाहरू गुमाए। यसबाहेक बायर्न म्यूनिखका खेलाड़ीहरूले पेनल्टीको पनि माग गरेका थिए, जसलाई खारेज गरियो। म्याचको ३०औं मिनटमा पीएसजी-का भितिन्हाको बक्सभित्रको क्लियरेन्समा गोलीले उनका साथी खेलाड़ी जोआओ नेभेसको हातमा लागेको थियो। बायर्नका खेलाड़ीहरूले तुरन्त पेनल्टीको माग गरेका थिए तर रेफरी जोआओ पिन्हेइरोले त्यसमा कुनै चासो देखाएनन्।
पीएसजीले दोस्रो गोल गर्ने अवसर पनि बनाएको थियो। बायर्नका गोलकीपर मानुएल नुएरले नजिकबाट आएको नेभेसको हेडर बचाउँदै टोलीलाई म्याचमा कायम राखे। पहिलो हाफको अन्ततिर जमाल मुसियालाले उत्कृष्ट अवसर बनाए पनि पीएसजीका गोलरक्षक मात्भेइ साफोनोभले शानदार शेभ गरे। दोस्रो हाफमा पीएसजीले केही रक्षात्मक शैली अपनाउँदै प्रतिआक्रमणमा ध्यान दियो। गोलकीपर नुएरले ख्वारात्स्खेलिया र डिजिरे डुएका प्रहार रोक्दै बायर्नको सम्भावनाहरूलाई कायम राखे। बल नियन्त्रण र आक्रमणमा बायर्न हावी देखिए पनि टोलीले प्रभावकारी फिनिशिंग गर्न सकेन। अन्तमा ह्यारी केनले स्टपेज टाइमको चौथो मिनटमा बायर्नलाई गोल दिलाए पनि पीएसजी-लाई फाइनलमा पुग्नदेखि रोक्न सकेनन्। यो केनको च्याम्पियन्स लीगमा लगातार सातौं म्याचमा गोल हो। केनको गोलपछि पर्याप्त समय नभएको हुनाले बायर्नले थप गोल गर्न सकेन। अब पीएसजी-को लक्ष्य लगातार दोस्रो च्याम्पियन्स लीग खिताब जित्ने रहनेछ। टीमले गत सीजनको फाइनलमा इण्टर मिलानलाई पराजित गरी ट्रफी जितेको थियो। यसरी बायर्न म्यूनिखले २०२० पछि पहिलोपल्ट फाइनलमा पुग्ने अवसर गुमायो।








