याङगाङ: पूर्व मन्त्री उगेन टी ग्यात्सोका दिवंगत पिता स्व. टोप छिरिङ भोटियाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजित कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ याङगाङ बजार पुगेका छन्। कार्यक्रममा उपस्थित मुख्यमन्त्री तामाङले दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै चिरशान्तिको कामना गरे। उनले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घडीमा परिवारलाई धैर्य र साहस प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गरे।

उक्त अवसरमा स्थानीय नागरिक, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले समेत स्व. टोप छिरिङ भोटियाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको स्मरण गरेका थिए। कार्यक्रम शान्त, मर्यादित र भावनात्मक वातावरणमा सम्पन्न भएको थियो।










