केवल प्रधान मुख्य संयोजकको रुपमा चयन
खरसाङ: गोर्खा जनमुक्ति युवा मोर्चा खरसाङ महकुमा समितिद्वारा साथै पार्टी अध्यक्ष बिमल गुरुङको निर्देशन अनुसार खरसाङमा युवा मोर्चाको सभा सम्पन्न भएको छ। सभालाई युवा मोर्चा खरसाङ महकुमा समितिको सचिव अरुण थापाले सञ्चालन गरेका थिए भने सभा युवा मोर्चा खरसाङ महकुमा समितिको सभापति सत्यावन छेत्रीको अध्यक्षतामा सभा सम्पन्न भयो। सभामा खरसाङ महकुमा उप सभापति सोनाम लामा, खरसाङ मकुमा संयोजक सागर क्षेत्री खरसाङ महकुमा सदस्य दिप सन्यासी, सहदेऊ मंक्राती, कमल क्षेत्री, केन्द्र समिति युवा मोर्चा सदस्य योगराज प्रधान साथै युवराज लामा, गिद्ध पहाड समष्टिका निरज खवासको विशेष उपस्थिति रहेको थियो। सभामा खरसाङ नगरपालिकाको २० वटा वार्डहरुलाई लिएर युवा मोर्चा टाउन कमिटी गठन हेतु २० वटै वार्डको सदस्यहरुलाई लिएर प्रत्येक वार्डबाट एक एकजना सदस्यलाई संयोजकको नियुक्ति गरियो। यसमा मुख्य संयोजक केवल प्रधानलाई सर्वसमितिद्वारा चयन गरियो। यस सभा विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै युवा मोर्चा खरसाङ महकुमा समितिको सभापति सत्यवान् छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्।










