खरसाङ: गोर्खा जनमुक्ति युवा मोर्चा रोहिणी ब्लक कमिटी गठन गरिएको छ।वर्तमान समयमा गोर्खा जनमुक्ति मोर्चा र यसको भातृ संगठनहरुले पार्टीगत गतिविधिहरु निरन्तर रुपमा अघि बढाई रहेका छन्। यसै क्रममा गोर्खा जनमुक्ति मोर्चाको भातृ संगठन युवा मोर्चाको खरसाङ महकुमा समिति अन्तर्गत रोहिणी ब्लक कमिटी गठन गरिएको छ। उक्त ब्लक कमिटीमा सभापति सौगात गुरुङ, उप सभापति विवेक थापा, सचिव किरण तामाङ, सह सचिव सन्दीप तामाङ, कोषाध्यक्ष रबीन सुब्बा, सल्लाहकार मेघराज थापा लगायत ५० जना युवाहरुलाई लिएर युवा मोर्चा रोहिणी ब्लक कमिटी गठन गरिएको गोजमुमो खरसाङ महकुमा समितिको सभापति योगेन्द्र राईले जानकारी दिएका छन्।










