युवतीसँग दुष्कर्मको आरोप, क्रिकेटर अभिषेक पोरेल पुलिस हिरासतमा

IMG-20260811-WA0097(1)

काेलकत्ता: इण्डियन प्रीमियर लीग (आईपीएल)-मा दिल्ली क्यापिटल्सबाट खेल्ने बंगालका युवा क्रिकेटर अभिषेक पोरेललाई एउटा आपराधिक मामिलामा पुलिसले पक्राउ गरेको छ। एकजना मेडिकल छात्राले पोरेलमाथि विवाहको प्रलोभन देखाएर दुष्कर्म गर्नको साथै कुटपीट गरेको अनि आपराधिक धम्की दिएको आरोप लगाएकी छन्। पोरेलको पक्राउपछि हुगरी (ग्रामीण) का पुलिस अधीक्षक कुंवर भूषण सिंहले मामिलाको जानकारी दिँदै भनेका छन्, उनी (पोरेल) विरुद्ध मामिला दर्ता थियो अनि पक्राउ पछि अदालतमा पेश गरिएको छ। चिनसुराहको एउटा अदालतले पोरेललाई जमानत दिन अस्वीकार गरेको छ अनि उनलाई तीन दिनको पुलिस हिरासतमा पठाइएको छ। पोरेललाई मोगरा पुलिसले सोमवार अबेर राति पक्राउ गरेको थियो। पोरेललाई कलकत्ता उच्च अदालतको २० जुलाईको आदेशपछि पक्राउ गरियो। अदालतले पुलिसलाई यस मामिलामा क्रिकेटरलाई पक्राउ गर्ने निर्देश दिएको थियो। अदालतले नालिशकर्ताको तस्वीरहरूको प्रसार रोक्नको निम्ति पोरेलको इलेक्ट्रोनिक उपकरणहरू पनि जफत गर्ने आदेश दिएको थियो। कर्नाटककी एकजना युवा मेडिकल छात्राले २३ जूनमा मोगरा पुलिस थानामा पोरेलविरुद्ध नालिश दर्ता गरेकी थिइन्।

About Author

Advertisement