युनाइटेड दार्जीलिङ र अभिवृद्धि एफसी विजयी

२५ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित बेणु सुब्बा प्रीमियर डीविजन लीग फूटबल टुर्नामेण्टको दोस्रो दिन आज भएको म्याचमा युनाइटेड दार्जीलिङ फूटबल क्लबले जीत हासिल गऱ्यो। लेबोङको गोर्खा स्टेडियममा भएको म्याचमा युनाइटेड दार्जीलिङ एफसी-ले हर्सिंग फूटबल क्लबलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट शुभम लामा (हर्के) र गणेश लिम्बुले १-१ गोल गरे। मंगलवार खेलिने म्याचमा सेण्ट जोसेफ कलेज र दार्जीलिङ डायनामोबीच भिड़न्त हुनेछ। यसरी नै सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्आउट फूटबल प्रतियोगितामा आज अभिवृद्धि एफसी-ले जीत हासिल गऱ्यो। अभिवृद्धि एफसी-ले वेष्ट पोइण्ट स्कूललाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट दिवाकर थापाले २ अनि सुदर्शन राईले १ गोल गरे।

About Author

Advertisement