युएईका अर्थमन्त्री र भारतीय लोकसभाका सभामुख ओम् बिर्लाबीच भेटवार्ता

1bf93051-123f-45e9-9ce6-7604987fa907

नयाँ दिल्ली: संयुक्त अरब इमिरेट्स (युएई) का अर्थव्यवस्था तथा पर्यटन मन्त्री महामहिम अब्दुल्ला बिन तौक अल मर्रीको नेतृत्वमा आएको एक उच्चस्तरीय प्रतिनिधिमण्डलले आज भारतीय लोकसभाका सभामुख ओम् बिर्लासँग शिष्टाचार भेटवार्ता गरेको छ।
​नयाँ दिल्लीस्थित संसद् भवन (पार्लियामेन्ट हाउस) मा भएको उक्त भेटघाटका क्रममा दुई देशबीचको आर्थिक, व्यापारिक तथा आपसी हितका विविध विषयमा छलफल भएको लोकसभा सचिवालयले जनाएको छ।
भेटवार्ताका क्रममा दुवै पक्षका प्रतिनिधिहरूले दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
​भेटघाटका क्रममा सभामुख बिर्लाले युएईका मन्त्री मर्रीलाई मायाको चिनो समेत प्रदान गर्नुभएको थियो। उक्त अवसरमा संसद्को प्रसारण च्यानल ‘संसद टिभी’ को कार्यप्रणाली र गतिविधिका बारेमा समेत प्रतिनिधिमण्डललाई जानकारी गराइएको थियो।

About Author

Advertisement