खरसाङ: यसपाली जनताले परिवर्तनलाई मन पराएका छन्। जूनै पार्टीको पनि जन्म तीनधारेबाट भएको थियो भने यसपाली परिवर्तनको लहर पनि तीनधारेबाट नै हुनेछ भनी ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय सदस्य युकास प्रधानले बताएका छन्। उनले यसपाली तीनधारे महानदी समष्टिमा परिवर्तनको लहर चलेको छ भन्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टकी खरसाङ विधानसभा समष्टिको उम्मेद्वार बन्दना राईको जीत सय प्रतिशत रहेको दाबी गरेका छन्। तीनधारेमा पत्रकारहरुलाई सम्बोधन गर्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय सदस्य युकास प्रधानले भने, खरसाङ विधानसभा समष्टिको लागि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेद्वार बन्दना राईको जीत निश्चित छ र उनको जीतको आाधार भनेको ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्सको जुन धारणा र काम गराई छ त्यसको आधारमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको उम्मेद्वारहरुको जीत निश्चित रहेको छ। पहाडले अजय एडवर्ड्सको नीति र काम गराईलाई मन पराएका छन् भने पहाडमा बन्दना राईलाई पनि रुचाएका छन् र तीनधारे महानदी समष्टिमा पनि बन्दना राईको जीत निश्चित छ। किनभने यस समष्टिमा १४ वटा बगानहरु पर्दछन् र सबै चियाबारी क्षेत्रका चियाबारी श्रमिकहरुले बन्दना राईलाई रुचाएका छन् र उनको जीत सय प्रतिशत निश्चित छ।’











