दार्जिलिङ: दार्जिलिङ क्षेत्रका सांसद राजु विष्टले फाँसिदेवा विधानसभा क्षेत्रमा विभिन्न स्थानको भ्रमण गर्दै भारतीय जनता पार्टीका कार्यकर्ता तथा समर्थकहरूलाई धन्यवाद दिए।
उनले बूथस्तरमा खटिएका कार्यकर्ताहरूको समर्पण, मेहनत र राष्ट्र तथा जनताप्रतिको सेवाभावको प्रशंसा गर्दै उनीहरूको योगदानका कारण पार्टीले जनस्तरमा मजबुत आधार बनाएको बताए।
सांसद बिष्टले फाँसिदेवा क्षेत्रका विधायक दुर्गा मुर्मुले पछिल्ला पाँच वर्षमा निकै मेहनतका साथ काम गरेको उल्लेख गर्दै यसपटक अझ बढी मतका साथ पुनः निर्वाचित हुने विश्वास व्यक्त गरे।
उनले दार्जिलिङ पहाड, तराई र डुआर्स क्षेत्रका प्रत्येक गाउँ र घरसम्म पार्टीको पहुँच विस्तार हुनुमा कार्यकर्ताहरूको मुख्य भूमिका रहेको बताए।









