म्याच र शृंखलाको सर्वश्रेष्ठ खेलाड़ी चयन भएपछि सपना साकार हुनु जस्तो अनुभव भएको बताए सूर्यवंशीले

IMG-20260727-WA0070

हरारे: जिम्बाब्वेविरुद्ध टी२० शृंखलाको सर्वश्रेष्ठ खेलाड़ी (प्लेयर अफ द सीरीज) चयन भएपछि भारतका युवा ओपनिंग ब्याटर वैभव सूर्यवंशीले यसलाई सपना साकार भएको जस्तो बताउनको साथै उनलाई आफ्नो स्वाभाविक खेल खेल्न प्रोत्साहित गर्ने टीम प्रबन्धन प्रति आभार व्यक्त गरे। वैभवले जिम्बाब्वेविरुद्ध ३ वटा म्याचको सीरीजमा ५०.३३०-को औसतले १५१ रन बनाए। देब्रे हातका यस १५ वर्षीय ब्याटरले पहिलो टी२० म्याचमा केवल १९ बलमा विध्वंशी अर्द्धशतक बनाए जबकि तेस्रो म्याचमा संयमित ब्याटिंग गर्दै ४९ बलमा ८१ रन बनाए। भारतले ३ वटा म्याचको शृंखला ३-०-ले क्लीन स्वीप गऱ्यो। म्याचपछि वैभवले भने, मलाई असल अनुभव भइरहेको छ। यो मेरो निम्ति सपना साकार हुनु जस्तै हो। पहिलोपल्ट प्लेयर अफ द म्याच र प्लेयर अफ द सीरीजको पुरस्कार प्राप्त भयो। यहाँ मेरो तयारी निक्कै असल थियो। मैले आफ्नो स्वाभाविक टी२० खेल खेल्ने प्रयास गरे। मेरो प्रयास टोलीलाई असल शुरुवात दिलाउने हुन्छ अनि असल शुरुवात हासिल भएपछि ठूलो ईनिंग्स खेल्ने कोशिश गर्छु। मैले यहाँ अण्डर-१९ विश्व कप पनि खेलिसकेको छु अनि मलाई यहाँ ब्याटिंग गर्नु राम्रो लाग्छ। अभ्यासमा जे गर्छु, त्यसैलाई म्याचमा दोहोऱ्याउने कोशिश गर्छु। उल्लेखनीय छ, ईंग्ल्याण्डविरुद्ध पदार्पण गर्ने वैभवको जिम्बाब्वे आउन अघि प्रदर्शन प्रभावशाली रहेको थिएन। उनले ईंग्ल्याण्डविरुद्ध शृंखलामा ३ वटा म्याच खेलेर १४, १३ र १५ रन मात्र बनाएका थिए। चरम दबाउ रहे पनि उनले जिम्बाब्वेविरुद्ध सीरीजमा प्रभावशाली प्रदर्शनको साथ आफ्नो छाप छोड़े। उनले शृंखलाको ३ वटा म्याचमा ५०, २० र ८१ रन बनाए।

About Author

Advertisement