सिलगढी: सिलगढीको व्यस्त दार्जिलिङ मोडमा सञ्चालित विशेष चेकिङ अभियानका क्रममा सिलगढी ट्राफिक प्रहरीले गैरकानुनी रूपमा ‘मोडिफाइड साइलेन्सर’ (ठूलो आवाज आउने गरी परिवर्तन गरिएको साइलेन्सर) जडान गरिएको एक मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।
प्रहरीले उक्त अनधिकृत साइलेन्सरलाई घटनास्थलमै निकालेर नियन्त्रणमा लिनुका साथै सवारी चालकविरुद्ध सवारी साधन ऐन को सान्दर्भिक धाराअनुसार कानुनी कारबाही अघि बढाएको छ।
अवैध रूपमा मोडिफाइड गरिएका साइलेन्सरले ध्वनि प्रदूषण बढाउने, सर्वसाधारणलाई सास्ती पुर्याउने र सडक सुरक्षामा समेत जोखिम सिर्जना गर्ने प्रहरीले जनाएको छ। सिलगढी ट्राफिक प्रहरीले सवारी साधनमा अनधिकृत परिवर्तन नगर्न र सडकलाई सुरक्षित तथा शान्त राख्न ट्राफिक नियमको पूर्ण पालना गर्न सम्पूर्ण चालकहरूसँग अपिल गरेको छ।










