कालचिनी: जयगाउँ थाना अन्तर्गत बिहीबारे नजीक दुईवटा विपरीत दिशाबाट गुड़ेको मोटरबाइक भिड़न्त हुँदा दुवै बाइकमा सवार ३ जना घाईते भएको घटना प्रकासमा आएको छ।
पुलिस सुत्रबाट प्राप्त जानकारीअनुसार दुवै मोटरबाइक बिहीबारे तोर्षा चियाबारी नजीक क्षेत्रमा एक आपसमा भिड़न्त भएको थियो भने उक्त दुर्घटनामा ३ जना घाईते बनेकोले पुलिसले घाईतेहरूलाई उद्धार गरेर उत्तर लोथाबारी ग्रामीण अस्पतालमा उपचारको निम्ति पठाएको छ। दुर्घटनामा पर्नेहरुको नाम नखुलाएता पनि घाईतेहरू एकजना दलसिंहपाड़ा निवासी र अन्य दुईजना जयगाउँ निवासी बताईएको छ।










