कालचिनी -पूर्वघोषित कार्यक्रम अनुसार आजदेखि गंगुटिया चियाबारीस्थित डुवर्सको अतिप्राचीन तामाङ बौद्ध गुम्बा टाँशी छ्योई कुन्सोलिङ गुम्बामा चार दिवसीय म्हाणी छ्योगा पूजा आरम्भ भएको जानकारी आयोजक कमिटीको पक्षबाट श्यामा लामा र रिमा मंगर लामाले दिएका छन्।
आजबाट प्रायः १५ जना लामा लोबेनहरूद्वारा पवित्र बूमपाठ शुरु गरिएको र यो लगातार आगामी ५ अक्टोबरसम्म चल्ने र ६ अक्टोबरको दिन बौद्ध धर्मगुरु तथा अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको अध्यक्ष ख्येनछेन रेम्बोर्छे आचार्य साङ्गे ल्हुडोको पवित्र प्रवचन साथै म्हाणी मोलम एवम् वाङ वितरणसितै समापन हुने आयोजक कमिटीको पक्षबाट जानकारी गराईएको छ।
आयोजक कमिटीको पक्षबाट आगामी ६ अक्टोबरको दिन अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको प्रत्येक शाखाहरूबाट श्रद्धालुहरूको बाक्लो आगमन हुने जानकारी गराएको छ।









