‘मेरो रूख मेरो सन्तति’ अन्तर्गत कार्यक्रम सम्पन्न

IMG-20240708-WA0256

गान्तोक: दरामदिन निर्वाचन क्षेत्र अन्तर्गत लोअर थाम्बोङ जीपीयूमा सोमबारे टेरेटोरियल रेञ्ज, वन-विभागद्वारा ‘मेरो रुख मेरो सन्तति’ अन्तर्गत एक कार्यक्रम आयोजन गरियो। वर्तमान सिक्किम सरकारको पहलमा प्रकृति एवं पर्यावरणको दीर्घकालीन निर्मूलता, स्वच्छता एवं संरक्षणको निम्ति थालनी गरिएको ‘मेरो रूख मेरो सन्तति एवं सिक्किम पर्यावरण पर्व’ लाई आत्मसात गर्दै यस कार्यक्रमको आयोजना गरिएको कुरा बी.ओ छुतेन लेप्चाले जानकारी दिएका छन्। उक्त कार्यकममा नवजात शिशुहरुका अभिभावकगणले आफ्नो सन्तानको नाममा प्रकृति एवं पर्यावरण को संरक्षण कोनिम्ति १०८ वृक्ष रोपण गरी ऐतिहासिक सेवा प्रकृति लाई समर्पण गरेका छन्।

कार्यक्रममा सम्पूर्ण अभिभावकलाई उत्कृष्ट सेवा कार्यको निम्ति प्रसंशा पत्र मार्फत सम्मान जनाइने कार्य गरियो। उक्त कार्यक्रममा सोमबारे टेरेटोरियल रेंजका रेंज अधिकारी कञ्चन गुरूङ, बी.ओ छुतेन लेप्चा, जे.एफ.एम.सीका अध्यक्ष अजेन्द्र सुब्बा विभागिय अधिकारीण एवं कर्मचारीगण साथै नवजात शिशुहरुका अभिभावकगणको उपस्थिति रहेको थियो।

About Author

Advertisement