च्याम्पियन टीमका प्रशिक्षक द्रविड़सहित सबै खेलाड़ीलाई ५-५ करोड़ रुपियाँ दिइने

IMG-20240708-WA0252

नयाँ दिल्ली: दक्षिण अफ्रिकालाई रोमाञ्चक फाइनलमा ७ रनले पराजित गरी आईसीसी टी२० वर्ल्ड कपको खिताब जित्ने भारतीय टीमको निम्ति बीसीसीआई सचिव जय शाहले १२५ करोड़ रुपियाँको नगद पुरस्कारको घोषणा गरेका छन्। यो राशि टीमका १५ जना सदस्य, कोचिंग स्टाफ, सहयोगी स्टाफ र ५ सदस्यीय चयन समितिबीच बाँड़िनेछ। टी२० वर्ल्ड कप जित्ने टीमका प्रत्येक खेलाड़ी र मुख्य प्रशिक्षक राहुल द्रविड़लाई ५-५ करोड़ रुपियाँ गरेर दिइनेछ। यसरी ब्याटिंग प्रशिक्षक विक्रम राठौड़, फील्डिंग प्रशिक्षक टी. दिलीप र बलिंग प्रशिक्षक पारस म्हाम्ब्रेलाई २.५-२.५ करोड़ रुपियाँ गरेर प्राप्त हुनेछ। चयन समितिका ५ जना सदस्य अध्यक्ष अजीत अगरकर, सलिल अंकोला, सुब्रतो ब्यानर्जी, शिव सुन्दर दास र एस. शरथलाई १-१ करोड़ रुपियाँ गरेर दिइनेछ। फिजियोथेरेपिस्ट कमलेश जैन, योगेश परमार र तुलसी राम युवराज, थ्रोडाउन विशेषज्ञ राघवेन्द्र दवगी, नुवान उदनेके र दयानन्द गरानी, मालिश गर्ने राजीव कुमार र अरुण कनाडे साथै कण्डीशनिंग कोच सोहम देसाईलाई २-२ करोड़ रुपियाँ प्राप्त हुनेछ। उल्लेखनीय छ, २००७-मा भारतले एमएस धोनीको कप्तानीमा दक्षिण अफ्रिकामा पहिलोपल्ट टी२० वर्ल्ड कप जित्दा टोलीलाई १२ करोड़ रुपियाँको पुरस्कार राशि दिइएको थियो।

About Author

Advertisement