गान्तोक: ‘मेरो रुख मेरो सन्तति’ अभियानअन्तर्गत गान्तोक (टि) डिभिजनको बुलबुले संरक्षित वन क्षेत्रस्थित सेलेप टांकी रोपाइँ स्थलमा अध्याश्री दर्जीको जन्मदिन विशेष रूपमा मनाइएको छ। उनी नव्नु सुन्दास र सिद्धि दर्जीकी छोरी हुन्।जन्मदिनको अवसरमा परिवारले प्रशंसनीय पहल गर्दै गत वर्ष रोपेका बिरुवाहरूको गोडमेल तथा संरक्षण कार्य गरेका थिए। यस कार्यले उत्सव मनाउने नयाँ शैलीसँगै प्रकृतिसँग दिगो सम्बन्ध निर्माण गर्ने सन्देश दिएको छ, जहाँ भावी पुस्तालाई जिम्मेवार नागरिकका रूपमा तयार पार्ने प्रयास गरिएको देखिन्छ।कार्यक्रममा अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो भने वन तथा वातावरण विभागका तर्फबाट आशिष गुरुङ र उनको टोलीको समन्वय तथा सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ।









