मेटाद्वारा नयाँ एआई मोडेल ‘म्युज स्पार्क १.१’ सार्वजनिक, तीन वर्षपछि जुकरबर्ग एक्समा फर्किए​

edcddb20-b3ba-422b-8043-25900232d2a9

नयाँ दिल्ली: प्रविधि उत्पादक अग्रणी कम्पनी मेटाले आफ्नो नयाँ र परिष्कृत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल ‘म्युज स्पार्क १.१’ सार्वजनिक गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बिहीबार सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत यसको घोषणा गरेका हुन्। जुकरबर्ग झन्डै तीन वर्षको अन्तरालपछि एक्समा फर्किएर यो घोषणा गरेका हुन्।​मेटाले यस नयाँ मोडेलसँगै डेभलपर्सका लागि ‘मेटा मोडेल एपीआई’ को पब्लिक प्रिभ्यू समेत उपलब्ध गराएको छ। प्रविधि बजारमा यो कदमलाई ओपनएआई र एन्थ्रोपिक जस्ता स्थापित एआई कम्पनीहरूसँगको सिधा प्रतिस्पर्धाका रूपमा हेरिएको छ।​के छन् ‘म्युज स्पार्क १.१’ का विशेषता?​मेटाका अनुसार यो मोडेल हालसम्मकै सबैभन्दा सक्षम र अत्याधुनिक एआई प्रणाली हो, जसलाई विशेष गरी कोडिङ, एजेन्टिक वर्कफ्लो र सफ्टवेयर अटोमेसनका लागि डिजाइन गरिएको छ।​उच्च क्षमता र कम लागत: जुकरबर्गले यो मोडेल निकै कम लागतमा शक्तिशाली एजेन्टिक र कोडिंग कार्य गर्न सक्षम रहेको दाबी गरेका छन्।​लङ-कन्टेक्स्ट विन्डो: यसमा १ एम (१० लाख) टोकन कन्टेक्स्ट विन्डो रहेको छ, जसले गर्दा यसले लामा र जटिल डेटाहरू सजिलै प्रोसेस गर्न सक्छ।​मल्टिटास्किङ र एजेन्टिक पर्फर्मेन्स: यस मोडेलले मानवीय हस्तक्षेपबिना नै जटिल र बहु-चरणिय कार्यहरू गर्न सक्छ। यसले आफैं भित्रका ‘सब-एजेन्ट’ हरूलाई काम सुम्पिन समेत सक्छ।​कम्प्युटर इन्टरफेस तालिम: यसलाई डेस्कटप, मोबाइल वा ब्राउजरमा कम्प्युटर इन्टरफेस प्रयोग गर्न सक्ने गरी विशेष तालिम दिइएको छ। यसले कोड लेख्न, डीबग गर्न, सफ्टवेयर औजारहरूसँग अन्तर्क्रिया गर्न तथा टेक्स्ट, इमेज र भिडियो बुझ्न सक्छ।​मेटाले यो अपग्रेडमार्फत व्यावसायिक एआई मोडेल एपीआई बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ। हाल अमेरिकाका डेभलपर्सहरूले ‘मेटा मोडेल एपीआई’ को पब्लिक प्रिभ्यूमार्फत यसको प्रयोग गर्न सक्नेछन्।​जुकरबर्गको पुनरागमन र मस्कको टिप्पणी​लामो समयपछि एक्समा फर्किएका जुकरबर्गको उक्त पोस्ट प्रविधि जगत्मा निकै चर्चाको विषय बनेको छ। उनको पोस्ट सार्वजनिक भएको केही समयमै १२ मिलियन (१ करोड २० लाख) भन्दा बढी पटक हेरिएको थियो।​जुकरबर्गको पुनरागमन र घोषणामाथि एक्सका मालिक एलन मस्कले पनि प्रतिक्रिया दिएका छन्। मस्कले जुकरबर्गको पोस्टलाई रिपोस्ट गर्दै व्यङ्ग्यात्मक शैलीमा लेखेका छन्, “उत्पादन घोषणाहरूका लागि ‘एक्स’ एउटा उत्कृष्ट प्लेटफर्म हो, विशेष गरी जब सीईओ आफैंले घोषणा गर्छन्। सामान्य प्रेस विज्ञप्तिको तुलनामा यो मानिसहरूका लागि धेरै रोचक हुन्छ।”​मस्क र जुकरबर्गबीच प्रविधि र सामाजिक सञ्जालको बजारलाई लिएर लामो समयदेखि व्यावसायिक टकराव चल्दै आएको छ। मेटाको यो नयाँ एआई मोडेलको प्रवेशले आगामी दिनमा एआई बजारको प्रतिस्पर्धालाई अझ रोचक र तीव्र बनाउने अनुमान विश्लेषकहरूले गरेका छन्।

About Author

Advertisement