अरुणाचल: राज्यमा अन्तर्राष्ट्रिय पर्यटन मार्टकाे आयोजना र एड्भेन्चर टुरिजम प्रवर्द्धनबारे मुख्यमन्त्री खाण्डु र केन्द्रीय मन्त्री शेखावतबीच छलफल

ba0092c5-d9a5-4b89-8627-b4985da89b22

ईटानगर: अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले नयाँ दिल्लीमा केन्द्रीय पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतसँग भेटवार्ता गरेका छन्।
मुख्यमन्त्री खाण्डुले सामाजिक सञ्जालमार्फत भेटघाटको तस्बिर सेयर गर्दै राज्यको पर्यटन विकासका लागि महत्त्वपूर्ण छलफल भएको जानकारी दिएका हुन् र।
​केन्द्रीय मन्त्री शेखावतसँगको भेटमा अरुणाचल प्रदेशमा ‘एड्भेन्चर टुरिजम’ (साहसिक पर्यटन) को प्रवर्द्धन गर्ने र आगामी ‘अन्तर्राष्ट्रिय पर्यटन मार्ट’ (आईटीएम) अरुणाचल प्रदेशमा आयोजना गर्ने विषयमा विस्तृत छलफल भएको मुख्यमन्त्री खाण्डुले बताएका छन्।
​”केन्द्रीय पर्यटन तथा संस्कृति मन्त्री श्री गजेन्द्र सिंह शेखावतजीसँग भेट भयो। भेटका क्रममा अरुणाचल प्रदेशमा साहसिक पर्यटनको प्रवर्द्धन र आगामी आईटीएमको आयोजना गर्ने विषयमा फलदायी छलफल भयो,” मुख्यमन्त्री खाण्डुले सामाजिक सञ्जालमा लेखेका छन्।
​अरुणाचल प्रदेशको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनको प्रचुर सम्भावनालाई विश्वव्यापी मञ्चमा पुर्‍याउन यो भेटवार्ता र आगामी अन्तर्राष्ट्रिय पर्यटन मार्ट निकै महत्त्वपूर्ण साबित हुने विश्वास लिइएको छ।

About Author

Advertisement