मेचपाड़ा बाढ़ पीड़ितहरूको सेवामा अघि आए बून इङ्गलिस स्कूल र एक्स आर्मी एसोसिएशन

921143fe-b369-4367-9be8-02f2a19d5e84

कालचिनीः गत बुधबार र बिहीबारको भयावह बाढ़को चपेटमा परेको मेचपाड़ा पक्का लाईनका बासिन्दाहरूको निम्ति छिमेकी गाउँहरूले एक छाक भोजन दिन मदत पुऱ्याउँदै आईरहेको क्रममा शनिबार हेमिल्टनगञ्ज बून इङ्गलिस स्कूलको पक्षबाट पनि बाढ़ पीड़ितहरूलाई लन्च प्याकेट प्रदान गर्नको साथै सो स्कूलका विद्यार्थीहरूले बाढ़ले क्षतिग्रस्त एमबी मेमोरियल स्कूलमा पुगेर स्कूलको कक्षामा भरिएको हिलो माटो निकाल्न मदत पुऱ्याए। यस क्रममा बून इङ्गलिस स्कूलको विद्यार्थीहरूले सो स्कूलको कक्षाभित्र पसेर डेस्क बेन्च निकालेर लगभग २ फूट बाक्लो जमेको हिलो माटो सोहोरेर सफाई गरेको थियो।
बून इङ्गलिस स्कूलको प्रिन्सिपल ममता घिसिङले अति दुखदायी घटना सुनेर स्कूलको विद्यार्थीहरूलाई प्राकृतिक विध्वंशको स्थिति देखाउन साथै बाढ़ पीड़ित परिवारहरूलाई लन्च प्याकेट पनि लिएर आएको र विद्यार्थीहरूले मेचपाड़ाको एउटा स्कूलका हिलो माटो सफा गर्न मदत पनि पुऱ्याएको बताउँदै सबै कुरा हुँदा हुँदै पनि अहिले बाढ़ पीड़ित परिवारहरूलाई खाना बनाएर खाने समय नभएको र जम्मै किचन र सुत्ने कोठाहरू माटोले पुरेकोले विचल्नीमा परेको देखिएको जनाएकी छन्।
सोही स्कूलका चेयरम्यान तथा निर्देशक पवन कुमारसिंह झाँ ले यो एउटा ठूलो प्राकृतिक विध्वंशको रुप रहेको र यसले धेरै परिवारलाई विस्थापित बनेकोले यतिखेर उनीहरूलाई मदतको आवश्यकता परेको र सबैले केही मदत गर्नुपर्ने बताए।
अर्कोतिर आफ्नो डल्लै स्कूल क्षतिग्रस्त बनेको बताउँदै किरण गुरुङले बून इङ्गलिस स्कूलको प्रिन्सिपल र चेयरम्यान एवम् विद्यार्थीहरूले स्कूलमा सश्रम मदत पुऱ्याएको र गाउँलेहरूलाई भोजन प्रदान गरेकोमा आभार व्यक्त गरेका छन्।

About Author

Advertisement