मेघालय: विभिन्न शहरमा ‘मेघालय हाउस’ निर्माण र सुधार गरिँदै, मुख्यमन्त्रीद्वारा समीक्षा

7fb3e465-f536-4287-94c7-dbe2facb02bc

शिलांग: भारतका प्रमुख शहरहरूमा रहेका तथा निर्माणाधीन ‘मेघालय हाउस’हरूको पूर्वाधार प्रगतिका विषयमा मेघालयका मुख्यमन्त्री कनराड के साङ्माले भर्चुअल समीक्षा बैठक गरेका छन्।
सामान्य प्रशासन विभाग (जीएड) का मन्त्री तथा उच्च अधिकारीहरूसँग भएको बैठकमा मुख्यमन्त्री साङ्माले चालू तथा प्रस्तावित आयोजनाहरूको विस्तृत मूल्याङ्कन गरे।
​बैठकमा दिल्ली, नोइडा, मुम्बई, बेङ्गलुरु, भेलोर र कोलकाता जस्ता प्रमुख शहरहरूमा नयाँ मेघालय हाउसको निर्माण, थप विस्तार तथा हाल सञ्चालनमा रहेका भवनहरूको सेवा स्थितिबारे छलफल भएको थियो।
​राज्यबाहिर यात्रा गर्ने नागरिक, विद्यार्थी, बिरामी र अधिकारीहरूलाई सहज आवास, सुदृढ सेवा र पहुँचयोग्य वातावरण मिलाउन यी पहलहरू अघि बढाइएको मुख्यमन्त्री साङ्माले बताएका छन्। राज्यको आतिथ्य झल्किने गरी आधुनिक, कुशल र व्यवस्थित मेघालय हाउस निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे।

About Author

Advertisement