मेघालय: मुख्यमन्त्रीद्वारा केन्द्रीय गृह मन्त्री शाहसँग भेट

FB_IMG_1783271304085

एफसीआरए सम्बन्धी चासोबारे छलफल

​नयाँ दिल्ली: मेघालयका मुख्यमन्त्री कॉनराड के. संगमाले आज नयाँ दिल्लीमा केन्द्रीय गृह मन्त्री अमित शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटघाटका क्रममा मुख्यमन्त्रीको साथमा मेघालयका चर्च र समुदायका प्रतिष्ठित नेताहरूको एक प्रतिनिधिमण्डल समेत सहभागी थियो।
​उक्त प्रतिनिधिमण्डलमा ‘प्रेसबिटेरियन चर्च अफ इन्डिया’, ‘क्याथोलिक चर्च’ र ‘गारो ब्याप्टिस्ट कन्भेन्सन’ का प्रमुख प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
​भेटका क्रममा प्रतिनिधिमण्डलले विदेशी योगदान नियमन ऐन(एफसीआरए) सम्बन्धी आफ्ना विभिन्न चासो र समस्याहरू केन्द्रीय गृह मन्त्रीसमक्ष प्रस्तुत गरेको थियो।
​मुख्यमन्त्रीले यी सामाजिक तथा धार्मिक संस्थाहरूको सहज कार्यसञ्चालन सुनिश्चित गर्न र राज्यका जनताको हितलाई ध्यानमा राख्दै आवश्यक कदम चाल्न केन्द्र सरकारसँग आग्रह गरे। आफ्ना कुराहरू धैर्यतापूर्वक सुनिदिएकोमा उनले गृह मन्त्री शाहप्रति आभार प्रकट गरे। मेघालय सरकार आफ्ना नागरिक र संस्थाहरूको हित रक्षाका लागि सधैँ प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ।

About Author

Advertisement