मुख्यमन्त्री कनराड संगमाद्वारा बधाई
शिलांग: मेघालयका उदीयमान तीरन्दाज वराज मोहापात्राले ‘दोस्रो एनटीपीसी राष्ट्रिय र्याङ्किङ तीरन्दाजी प्रतियोगिता २०२६’ मा स्वर्ण पदक जित्दै राज्यको नाम उच्च पारेका छन्। उनले जुनियर पुरुष रिकर्भ विधामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हासिल गरेका हुन्।
मेघालयका मुख्यमन्त्री कनराड के संगमाले देवराजको यस ऐतिहासिक सफलताप्रति बधाई दिँदै खुसी व्यक्त गरेका छन्। मुख्यमन्त्री संगमाले भारतीय तीरन्दाजहरूले अन्तर्राष्ट्रिय स्तरमा निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेको समयमा मेघालयका युवाले प्राप्त गरेको यो उपलब्धि राज्यकै लागि गर्वको विषय भएको बताए। उनले देवराजका प्रशिक्षकहरू, मेघालय तीरन्दाजी संघ तथा सहयोग गर्ने सम्पूर्ण टोलीलाई बधाई दिँदै आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा थप सफलताको शुभकामना व्यक्त गरेका छन्।









