मेघालय: तुरामा ६५औँ शिक्षक दिवस भव्य रूपमा सम्पन्न

FB_IMG_1788373686494

मुख्यमन्त्री सङ्माद्वारा शिक्षकहरूको योगदानको उच्च मूल्याङ्कन

तुरा: मेघालयका मुख्यमन्त्री कनरैड के. सङ्माले आज तुरामा आयोजित राज्यस्तरीय ६५ औँ शिक्षक दिवस समारोहमा सहभागी भई प्रदेशका उत्कृष्ट शिक्षक, स्काउट मास्टर, गाइड क्याप्टेन तथा शिक्षक कल्याण कोषका लाभग्राहीहरूलाई सम्मान एवम् पुरस्कार वितरण गरेका छन्।
​समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सङ्माले विशेष गरी दूर्गम तथा एकल-शिक्षक रहेका विद्यालयहरूमा निस्वार्थ सेवा दिइरहेका गुरुजनहरूप्रति आभार व्यक्त गरे। उनले भने, “कुनै पनि शिक्षा प्रणाली आफ्नो शिक्षकको गुणस्तरभन्दा माथि उठ्न सक्दैन।”
​शिक्षा क्षेत्रमा भएका उपलब्धिहरू प्रस्तुत गर्दै मुख्यमन्त्रीले सन् २०१८ देखि सञ्चालित ‘मिशन एजुकेसन’ अन्तर्गत २,००० भन्दा बढी प्राथमिक सरकारी विद्यालयहरूको स्तरोन्नति गरिएको र उच्च माध्यमिक विद्यालयको सङ्ख्या ४२७ बाट बढाएर ५४५ पुर्‍याइएको जानकारी दिए। राष्ट्रिय कार्यसम्पादन ग्रेडिङ इन्डेक्स (पीजीआई) मा मेघालय ‘आकाङ्क्षी-३’ बाट फड्को मार्दै ‘आकाङ्क्षी-१’ मा पुग्न सफल भएको र यो कुनै पनि राज्यले गरेको सबैभन्दा ठूलो वार्षिक सुधार भएको उनले बताए।

About Author

Advertisement