मुस्लिम समाजद्वारा रक्तदान शिविर

c6f204d2-4ae6-4e68-9cb6-0cc5e716e855


कालचिनी – जयगाउँ मुस्लिम वेलफेयर सोसाइटीको आयोजना अनि अलिपुरद्वार रेड क्रस सोसाइटीको सहयोगितामा आज जयगाउँ इलियास नगर स्थित जामा मस्जिद मैदानमा स्वेच्छा रक्तदान शिविर सम्पन्न भयो। सो शिविरमा ५३ यूनिट रक्त संग्रह भएको आयोजक कमिटीको पक्षबाट अब्दुल मनिक मीयाँले जनाएका छन्।
अस्पतालमा रगतको अभावलाई पुरा गर्न अनि यहाँको रोगी परिवारहरूलाई चाहिएको बेला रगतको आपूर्ति होस भन्ने उद्देश्यले आज रक्तदान शिविर सम्पन्न गरिएको र यस्तो शिविर अझै अन्य ठाउँहरूमा पनि गरिने जयगाउँ मुस्लिम वेलफेयर सोसाइटीले गर्ने जनाएका छन्।

About Author

Advertisement