जयगाउँमा भाजपाको चिया चर्चा

444a23fa-e9d1-4cf5-86cf-0bc5a23d9565


कालचिनी – भाजपा ७ नम्बर मण्डल कमिटीको आयोजनामा आज जयगाउँ स्थित भाजपा कार्यालय परिसरमा चिया चर्चा कार्यक्रम गरीएको थियो भने सो कार्यक्रममा कालचिनी विधायक विशाल लामाले केन्द्रिय योजनाको जानकारी दिँदै राज्यको सत्तारूढ़ दलले केन्द्रको योजनालाई आफ्नो नामकरण गरेको बताए।
विधायक लामाले विधानसभामा चियाबारीको समस्यासितै यहाँको स्वास्थ्य परिसेवाको हाल बयान गर्दै उन्नत परिसेवाको निम्ति उत्तर लोथाबारी ग्रामीण अस्पताललाई स्टेट जेनेरल अस्पतालमा रुपान्तरित गरिनुपर्ने दाबी राखेको साथै जयगाउँलाई नगरपालिका बनाउन अति आवश्यक रहेको र राज्य सरकारले आजसम्म यसमा काम नगरेको पनि आरोप लगाए।
भाजप ७ नम्बर मण्डल सभापति राजेश छेत्रीले आज चिया चर्चा कार्यक्रम मार्फत केन्द्रिय योजनाहरूको जानकारी सर्वसाधारणलाई दिने काम गरिएको बताएका छन्।

About Author

Advertisement