मुम्बई इण्डियन्समा फेरि कप्तान बनेपछि रोहित शर्माको पहिलो प्रतिक्रिया

IMG-20261128-WA0051

खेलाड़ीहरूलाई खेलको मजा लिने परामर्श

मुम्बई: मुम्बई इण्डियन्सको कप्तानको रूपमा फर्किएपछि रोहित शर्माको पहिलो प्रतिक्रिया अघि आएको छ। फ्रेञ्चाइजीद्वारा सोशल मीडियामा साझा गरिएको भीडियोमा रोहितले आकाश अम्बानीले उनलाई फेरि एकपल्ट कप्तानी सम्हाल्ने बारे प्रस्ताव दिँदा उनको पहिलो जवाफ सकारात्मक थिएन भन्ने खुलासा गरेका छन्। उनले यस जिम्मेवारीलाई स्वीकार गर्न अघि धेरै सोचविचार गरेका थिए। रोहितले टोलीको गत असफलताहरू, ड्रेसिंग रूमको निराशा र नयाँ सीजनको रणनीतिममाथि पनि खुलेर कुरा गरेका छन्। मुम्बई इण्डियन्सले शुक्रवार आईपीएल २०२७-को निम्ति रोहित शर्मालाई पेरि एकपल्ट टोलीका कप्तान नियुक्त गऱ्यो। अब ३९ वर्षीय रोहितले यस पदमा हार्दिक पाण्ड्याको स्थान लिनेछन्। हार्दिक पाण्ड्या लिलामी अघि भएको ट्रेडमा पञ्जाब किंग्समा सामेल भएका छन्। यस ट्रेडमा मुम्बई इण्डियन्सलाई अर्शदीप सिंह हासिल भएको छ। कप्तानलाई लिएर फ्रेञ्चाइजीका मालिक आकाश अम्बानीले उनीसँग कुरा गरेको रोहितले बताएका छन्। रोहितले भनेका छन्, आकाशको फोन आउँदा म आफ्नी पत्नीसँग कुराकानी गरिरहेको थिएँ। टोलीलाई अघि बढ़ाउनको निम्ति के गर्न सकिन्छ भन्ने विषयमा हामी दुईबीच चर्चा भयो। यस अवधि धेरै विचारहरू साझा गरियो। त्यसपछि आकाशले के म फेरि मुम्बई इण्डियन्सको कप्तानी गर्न तयार छु भनी प्रश्न गर्दा शुरुवातमा मेरो जवाफ सकारात्मक थिएन। मलाई यसबारे सोच्ने समय चाहिएको थियो। गत केही सालहरूमा धेरै कुराहरू भएको थियो। यसैकारण यस जिम्मेवारीलाई सम्हाल्नको निम्ति म मानसिक रूपले तयार छु या छुइनँ भन्ने मलाई थाहा थिएन। रोहितले बताएअनुसार, त्यस प्रस्तावममाथि उनले गम्भीरतापूर्वक विचार गरे। उनलाई मुम्बई इण्डियन्सलाई लयमा फर्काउन सही दिशाको आवश्यकता भएको अनुभव भयो। पूर्व भारतीय कप्तानले भने, धेरै सोचविचारपछि मलाई एउटा कुरा अनुभव भयो। म यस टोलीलाई एकजना नेताको रूपमा मेरो आवश्यकता छ भन्न चाहदिनँ तर टोलीलाई सही दिशाको आवश्यकता छ। यसैकारण मैले फेरि एकपल्ट चुनौतीलाई स्वीकार गर्ने फसेला गरे। यो त्यही टोली हो जसलाई मैले बनाएको हो। मैले १० सालसम्म यस टोलीको कप्तानी गरे। यसैकारण मलाई फेरि एकपल्ट चुनौती स्वीकार गर्ने समय आएको अनुभव भयो।
रोहितको कप्तानीमा मुम्बई इण्डियन्सले ५ पल्ट आईपीएल खिताब जितेको थियो। टोली अन्तिमपल्ट २०२०-मा आईपीएल च्याम्पियन बनेको थियो। त्यसपछि फ्रेञ्चाइजीको यात्रा उतार-चड़ाउले भरिएको रहेको छ। मुम्बई २०२१ सीजनमा पाँचौं स्थानमा रहेको थियो जबकि २०२२-मा अंक तालिकाको अन्तिम स्थानमा रहेको थियो। साल २०२३-मा टोलीको कप्तानी रोहितबाट हार्दिक पाण्ड्यालाई सुम्पिइएको थियो। कप्तानी बदलिए पनि टोलीको प्रदर्शनमा सुधार आएन। टोली २०२४-मा दशौं स्थानमा रहेको थियो जबकि २०२५-मा क्वालीफायर २-सम्म पुगेको थियो। यसरी २०२६ सीजनमा टोली नवौं स्थानमा रहेको थियो। रोहितले टोलीका खेलाड़ीहरू आफ्नो प्रदर्शनसँग निराश थिए भन्ने पनि स्वीकार गरेका छन्। उनले भने, हामी कस्तो क्रिकेट खेलिरहेका छौं भन्ने कुरालाई लिएर खेलाड़ीहरू पनि निराश थिए। पेशादार खेलाड़ीहरूसँग यस्तो हुन्छ। म १-२ जना खेलाड़ीको नभएर पूरा टोलीको कुरा गरिरहेको छु। प्लेअफ्-मा स्थान बनाउन नसकेको मात्र निराशा थिएन। हामी असल प्रदर्शन गर्न सकिरहेका थिएनौं अनि आफ्नो जिम्मेवारी पूरा गर्न सकिरहेका थिएनौं भन्ने कुराले निराश थियौं। कप्तानी फिर्ता पाएपछि रोहितले नयाँ सीजनको निम्ति आफ्नो प्राथमिकता पनि स्पष्ट गरेका छन्। उनको भनाइअनुसार, मुम्बई इण्डियन्सले अहिले खिताब जित्ने दबाउ नलिएर खेलको आनन्द लिनमा ध्यान दिनु पर्नेछ। रोहितले भने, म टोलीसँग ट्रफीको बारेमा कुरा गर्ने छुइनँ। ट्रफी अहिले धेरै टाढ़ा छ। सबैभन्दा पहिला हामीले आफ्नो खेलको आनन्द लिनु पर्नेछ। क्रिकेट एउटा खेल हो। तपाईंले यसको मजा लिनु पर्छ। यो केवल आनन्द लिने कुरा हो। दबाउ त कहीँ जाने छैन अनि त्यसबारे सोचेर आफ्नो समय किन बर्बाद गर्ने? एउटा टोलीको रूपमा बसमा यात्रा गर्दा होस् या खेल मैदानमा पुगेर, हामीले मजा गर्नु पर्छ। रोहितले टोलीका हरेक खेलाड़ीको योगदान र फ्रेञ्चाइजीको हिस्सा हुने अनुभवलाई महत्त्वपूर्ण बताए। उनले भने, हाम्रो प्राथमिकता मुम्बई इण्डियन्सको हिस्सा हुने आनन्द लिनु अनि यस ऐतिहासिक फ्रेञ्चाइजीको हिस्सा हुने मजा लिनु हो। उल्लेखनीय छ, रोहितको कप्तानीमा मुम्बई इण्डियन्सले २०१३, २०१५, २०१७, २०१९ र २०२०-मा आईपीएल खिताब जितेको थियो। यसबाहेक टोलीले २०१३-मा च्याम्पियन्स लीग टी२०-को खिताब पनि जितेको थियो। रोहितले भने, हामीले ५ पल्ट खिताब जितेका छौं। गत ६ सालमा हामीले चाहेको जस्तो परिणाम हासिल गर्न सकेनौं। हामी के हासिल गर्न सक्छौं भन्ने सदा याद राख्नु पर्नेछ तर केवल त्यसको भरोसा गरेर बस्न सक्दैनौं। हामीले के गरेका छौं भन्ने बुझ्नु जरूरी छ तर हामी आफ्नो पुरानो उपलब्धिहरू भुलेर अघि बढ़नु पर्नेछ।

About Author

Advertisement