मुम्बईमा सिक्किम सुस्वास्थ्य भवनको शिलान्यासको तयारी

सिक्किमका राज्यपाल गंगा प्रसादले भवनको शिलान्यास गर्ने

मुम्बई: सिक्किमेली जनसमुदायको हितमा नवी मुम्बईको खारघरमा सिक्किम सुस्वास्थ्य भवनको निर्माण गरिने तयारी पूर्ण भइसकेको छ। भोलि यसको शिलान्यास राज्यका राज्यपाल गंगा प्रसादको बाहुलीबाट गरिनेछ। यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ, विधानसभा अध्यक्ष अरुण उप्रेती, मन्त्रीमण्डलका सदस्यगण लगायत अन्य अधिकारीहरूको उपस्थिति रहनेछ। यसको निम्ति सबै नवी मुम्बई आइपुगिसकेका छन्।

जानकारी गराइन्छ, खारघर परिसरमा निर्माण गरिने सिक्किम सुस्वास्थ्य भवन अनि एशियाकै वृहत टाटा क्यान्सर अस्पतालमाझको दूरी केवल ५ मिनटको रहेको छ। यस्तोमा क्यान्सरपीड़ित सिक्किमेली जनसमुदायले यस भवन निर्माणपछि यसको भरपूर फाइदा उठाउन सक्नेछन्। राज्य सरकारलाई कोरोनाको चुनौतीपूर्ण स्थितिमा महाराष्ट्र सरकारले ₹. १२ करोड़ मूल्यमा यो भूमि सिक्किम सरकारलाई आवण्टन गरेको थियो। अब सिक्किमेली जनसमुदायको हितमा यहाँ चाँड़ै साततल्ले सिक्किम सुस्वास्थ्य भवन निर्माण गरिनेछ। अत्याधुनिक प्राविधिक सुविधायुक्त रहनेछ यस भवनमा मोठ ५६ कोठा हुनेछ। यसमा एकैपटकमा ९०५ जना मानिसले यस भवनको सुविधा उपभोग गर्न सक्नेछन्। यहाँ १२ सिङगल रूम, २५ वटा डलब पलङयुक्त रूम, दुईवटा भीआईपी कक्ष, २ वटा डोमिटोरी, २० वटा वाहन पार्किङको सुविधा रहनेछ। योसँगै वर्षाको पानी जमा गरेर त्यसलाई प्रयोग गरिने, सोलारको व्यवस्था लगायत अन्य अत्याधुनिक सुविधायुक्त रहनेछ। यस भवन निर्माणको अनुमानित लागत ₹. ५१.५२ करोड़ रहेको छ। राज्यको पर्यटन एवं नागरिक उड्डयन विभागअन्तर्गत निर्माण गरिने यस भवनको निर्माण कार्य पूरा भएपछि सिक्किमेली जनसमुदायले धेरै लाभ उठाउन सक्नेछन्। विरामीहरूसँगै देशको मायानगरी मुम्बईमा आफ्नो सपना पूरा गर्न चाहने राज्यका युवाहरूको निम्ति पनि यस भवन एक मञ्चको रूपमा उपलब्ध रहनेछ।

हालसम्म सिक्किम राज्यको नयाँ दिल्ली, कोलकत्ता, गुवाहटी लगायत अन्य राज्यहरूमा सिक्किम हाउसको रूपमा एक-एकवटा भवन रहेको छ भने मुम्बईमा हालसम्म भवन थिएन। जसले गर्दा सिक्किमेली जनसमुदाय यहाँ विविध कार्य लिएर आउँदा बस्ने सुविधाबाट वञ्चित हुन्थे। अब सिक्किम सुस्वास्थ्य भवन निर्माणपछि यहाँ क्यान्सररोगीहरूले यसको मूल रूपले फाइदा उठाउनेछन्। यसवाहेक यहाँ शैक्षिक संस्थानहरूमा भर्ना हुन चाहने, केही गर्छु भन्ने सोंच राखेर मुम्बईमा आफ्नो सपना पूरा गर्न आउने सिक्किमेहरूको निम्ति यो भवनले एउटा मञ्चको रूपमा कार्य गर्नेछ भन्ने देखिएको छ।

About Author

Advertisement