मुख्यमन्त्रीद्वारा तिजको सुभकामना

गान्तोक: हरितालिका तीजको पावन अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले सम्पूर्ण सिक्किमेली जनसमुदायमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले आज जारी आफ्नो सन्देशमा भनेका छन्, ‘हरितालिका तीज पर्वमा नारीहरूले भगवान शिवजी र देवी पार्वतीजीको पूजा गर्ने गर्दछन् भने बडो धुमधामसंग यो चाड मनाउने चलन छ। सदियौं पुरानो परम्परा अनुसार यस दिन अविवाहित तथा विवाहित महिलाहरुले पूजा आराधना गरी व्रत बस्ने गर्दछन्।’
यस पर्वले सबै नारीहरूलाई एकताबद्ध भएर अगाडि बढ्न र समृद्ध समाजको निर्माणमा साम्प्रदायिक सद्भावना कायम राख्न प्रेरणा प्रदान गर्नेछ भनी उनले बताएका छन्। मुख्यमन्त्रीले भगवान शिवजी र देवी पार्वतीजीले हामी सबैलाई सुस्वास्थ्य, समृद्धि अनि दिर्घायुको आशीर्वाद प्रदान गरुन् र कुनै पनि प्रकारको नकारात्मकताबाट सदैव रक्षा गरून् भनी प्रार्थना गरेका छन्।

About Author

Advertisement