मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दा राहुल-प्रियंकाविरुद्ध ४ वटा एफआईआर

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 75?

​नयाँ दिल्ली: भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै गरिएको प्रदर्शनका क्रममा भारतीय कंग्रेसका नेता राहुल गान्धी, प्रियंका गान्धी वाड्रा र विपक्षी गठबन्धन ‘इन्डिया’का अन्य नेताहरूविरुद्ध दिल्ली पुलिसले कम्तीमा चार वटा प्रथम सूचना रिपोर्ट (एफआईआर) दर्ता गरेको छ।
​प्रदर्शनका क्रममा प्रहरीमाथि हातपात गरेको, सरकारी काममा बाधा पुर्‍याएको र भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को दफा १६३ उल्लङ्घन गरेको आरोप उनीहरूमाथि लगाइएको छ। नयाँ दिल्लीको जन्तरमन्तरतर्फ अघि बढेका विपक्षी नेताहरूलाई प्रहरीले बाटोमै रोकेपछि तनाव उत्पन्न भएको थियो। त्यसक्रममा प्रियंका गान्धीसहितका नेत्रीहरू संविधानको प्रति बोकेर सडकमै बसेपछि पुलिसले नियन्त्रणमा लिएको थियो। उक्त घटनामा सांसदहरूसहित कुल ९१ जनालाई नियन्त्रणमा लिइएको पुलिसले जनाएको छ।

About Author

Advertisement