गान्तोक: सिक्किमका राज्यका राजनीतिक पार्टीहरूका प्रतिनिधिहरूसँग सोमवार मुख्य निर्वाचन अधिकारीले जारी विशेष सारांश संशोधनलाई लिएर तेस्रो बैठक गरे। उनको कार्यालयमा बसेको बैठकमा एसकेएम, एसडीएफ र भाजपाका प्रतिनिधिहरू सहभागी थिए यसभन्दा पहिला गत २ दिसम्बर र १२ दिसम्बरमा बैठक बसेको थियो। उक्त बैठकहरूमा त्यस अवधिसम्म प्राप्त दाबी र आपत्तिहरू प्रतिनिधिहरूलाई हस्तान्तरण गरिएको बताइएको छ। आज बसेको बैठकमा गत ९ नोभेम्बरदेखि १५ दिसम्बरसम्म प्राप्त दाबी र आपत्तिहरूको अन्तिम सूची मुख्य निर्वाचन अधिकारीले राजनीतिक पार्टीहरूलाई प्रदान गरे।
विशेष सारांश संशोधन, २०२३ पछि अन्तिम सूची ०५ जनवरी, २०२३ मा प्रदान गरिने बताइएको छ। विशेष सारांश संशोधन, २०२३ अवधि प्राप्त दाबी र आपत्तिहरूको सम्पूर्ण सूची मुख्य निर्वाचन अधिकारी र जिल्ला चुनाउ अधिकारीहरूको वेबसाइटमा पनि अपलोड गरिएको छ। अहिलेसम्म कूल २० हजार ७५ दाबी र आपत्तिहरू प्राप्त भएको पनि बताइएको छ।











