मुख्यमन्त्री शुभेन्दु अधिकारीले खरसाङमा जनकल्याण शिविरमार्फत् विभिन्न परियोजनाहरुको लाभ जनतालाई हस्तान्तरण गरे

IMG-20260616-WA0102

खरसाङ: राज्यको मुख्यमन्त्री शुभेन्दु अधिकारीले खरसाङको मन्टिभियट खेल मैदानमा आयोजित जनसभालाई सम्बोधन गरेर सोझै गोथल्स साईडिङ्गमा आयोजित सरकारी कार्यक्रममा सहभागी हुन पुगेका थिए। उनले खरसाङको गोथल्स साईडिङ्गमा आयोजित सरकारको पहिलो जनकल्याण शिविरमा भाग लिनका साथै विभिन्न परियोजनाहरुमार्फत् लाभार्थीहरुलाई लाभ हस्तान्तरण गरेका थिए। यस परियोजनाहरु अन्तर्गत केन्द्रको सबै योजनाहरु जुन पहिलाको सरकारले बंगालमा लागु गरेका थिएनन्।‌ तर बंगालमा भाजपाको सरकार बनेपछि केन्द्र सरकारको विभिन्न परियोजनाहरु एकसाथ लागु गरिएको छ भने १५ देखि १७ जूनसम्म पहिलो जनकल्याण शिविर अन्तर्गत जनतालाई सोझै सरकारी योजनाको लाभहरु हस्तान्तरण गरिएको छ।‌ यस अन्तर्गत जनतालाई फरेस्टको पट्टा लगायत सरकारको विभिन्न 54 वटा परियोजनाहरुको लाभ जनतालाई हस्तान्तरण गरिएको छ।‌ उक्त सरकारी कार्यक्रमलाई महेन्द्र थापाले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण दार्जिलिङका सांसद राजु विष्टले राखेका थिए। यस जनकल्याण शिविर कार्यक्रमलाई उत्तर बंगाल विकास मन्त्री नितिस प्रामाणिकले पनि सम्बोधन गरेका थिए। यस जनकल्याण कार्यक्रममा मुख्यमन्त्री शुभेन्दु अधिकारीसित उत्तर बंगाल विकास मन्त्री नितिश प्रामाणिक, राज्य मन्त्रीद्वय आनन्दमय बर्मन र विशाल लामा, विधायकहरु, दार्जिलिङ जिल्ला शासक, उत्तर बंगालमा एडीजी, जिल्ला पुलिस अधीक्षक लगायत सरकारी अधिकारीहरु उपस्थित रहेका थिए।‌ यस जनकल्याण शिविरमा जनतालाई विभिन्न परियोजनाको लाभहरु हस्तान्तरणपछि यस जनकल्याण शिविरलाई मुख्यमन्त्री शुभेन्दु अधिकारीले सम्बोधन पनि गरेका थिए। यस अघि मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई भारतीय जनता पार्टीको एक प्रतिनिधि टोलीले खरसाङको रोहिणी गेट (जिरो) मा स्वागत जनाएका थिए। यस टोलीमा भारतीय जनता पार्टीको कानुनी सल्लाहकार रमेश अग्रवाल लगायत अन्यहरु उपस्थित रहेका थिए। मन्टिभियट खेल मैदानमा आयोजित जनसभालाई सम्बोधन गरेपछि मुख्यमन्त्री शुभेन्दु अधिकारी खरसाङको गोथल्समा आयोजित सरकारी कार्यक्रममा भाग लिन पुगेका थिए। गोथल्समा आयोजित सरकारी कार्यक्रममा सहभागी बनेपछि मुख्यमन्त्री शुभेन्दु अधिकारी खरसाङको पंखाबारी रोड हुँदै चानमारी खेल मैदानबाट हेलिकप्टरबाट फर्किएका छन्।

About Author

Advertisement