गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले माघे संक्रान्तिको शुभ अवसरमा राज्यवासीहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज जारी आफ्नो सन्देशमा माघे संक्रान्ति अथवा मकर संक्रान्तिको आध्यात्मिक, धार्मिक र सांस्कृतिक महत्व रहेको तथा यो पर्व फसल काट्ने मौसमको प्रतीक रहेको बताएका छन्। मुख्यमन्त्रीले यस शुभ अवसरमा सिक्किमे जनताको सुख, समृद्धि र सुस्वास्थ्यका साथै शुभ भविष्यको निम्ति कामना गरेका छन्।











