पाकिम: अन्तर मन्त्रालय केन्द्रिय टोलीले आज पाकिम जिल्लाको भ्रमण गरे। केन्द्रिय टोलीले छाङ्गे सेण्टी र लाल टर्निङमा पेहो प्रभावित क्षेत्रहरूको निरीक्षण गरेको छ। केन्द्रिय टोलीले आसाम लिने र गौरी गाउँ वार्ड नम्बर चारको पनि भ्रमण गरे भने प्रगतिशील कृषक अम्बर बहादुर छेत्री र जेपी राईसँग अन्तरक्रिया पनि गरे। कृषकहरूले विशेष रूपमा अलैँची खेतीमा झेल्न परिरहेको समस्या र यसमा आएको हासबारे केन्द्रिय टोलीलाई जानकारी गराए।
अन्तर मन्त्रालय केन्द्रिय टोली तीन दिवसीय सिक्किम भ्रमणमा आएको छ। टोली गृह मामिला मन्त्रालयका जेएस अनन्त किशोरको अगुवाईमा आएको छ। यस भ्रमण अवधि सिक्किम सरकारका सम्बन्धित विभागीय अधिकारीहरू पनि उपस्थित थिए।











